अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५५ | Colorodo: 10:10

दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियान सुरु

बिआरटीनेपाल २०७६ असार ४ गते ५:०८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी वर्ष हुने राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा आफ्नो चुनावी अभियान सुरु गर्नुभएको छ । ट्रम्पले फ्लोरिडाको ओरल्यान्डोबाट आफ्नो दोस्रो कार्यकालका लागि चुनावी अभियानको औपचारिक सुरुवात गर्नुभएको हो ।

ओरल्यान्डमा गरिएको र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी अभियान सुरु गर्नुभएको बताईएको छ । सम्बोधनको क्रममा उहाँले अमेरिकालाई ‘महान’ बनाइराख्न थप चार वर्ष आफूलाई विश्वास गर्न आग्रह गर्नुभयो । सन् २०१६ मा डेमोक्र्याटिक पार्टीकी हिलारी क्लिन्टनलाई पराजित गरेर राष्ट्रपति बन्न्नुभएका ट्रम्पले सन् २०२० को चुनावमा गम्भीर चुनौतीको सामना गर्नुपर्ने देखिएको छ ।

व्यापार र आप्रवासी सम्बन्धी कडा नीतिका कारण ट्रम्पको आलोचना भइरहेको छ । उहाँका विभिन्न नीति तथा कार्यशैलीले धेरै अमेरिकीमा असन्तोष पैदा भएको विश्लेषण गरिन्छ । यस्तै, साढे दुई वर्षको कार्यकालमा बढ्दै गरेको अर्थतन्त्र र कम भएको बेरोजगारी ट्रम्पका सकारात्मक पक्ष मानिएको छ । डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार को बन्ने भन्ने तय भइसकेको छैन । पार्टीबाट उम्मेदवारी जित्नका लागि नेताहरुको कसरत चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू