अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 18:27

नेकपा अध्यक्षद्धय ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

बिआरटीनेपाल २०७६ असार ४ गते ५:०५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ। भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ।

भेटमा लोकसेवा आयोगको विज्ञापन खारेज नगर्ने सरकारको अडान, पार्टीको कार्यबिभाजनमा भइरहेको ढिलाइ, सचिवालयको बैठक आह्वानलगायत विषयमा कुरा भएको बताईएको छ । भेट पछिल्लो समय दुई अध्यक्षबीच देखिएको चिसोपनको कारण र त्यो चिसोपन हटाउन आ-आफ्नो तर्फबाट खेल्नु पर्ने भूमिकाबारे केन्द्रीत रहेको थियो ।

यसअघि, जिल्ला इन्चार्ज र सहइन्चार्ज बनाउँदा दोहोरो भूमिका दिने या नदिने भन्नेबारे सचिवालय सदस्यहरूबीच मत नमिलेपछि गत जेठ २३ गते बसेको सचिवालय बैठक प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएलगत्तै प्याकेजमा टुंग्याउने भन्दै सकिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू