अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

प्रस्तावित ४ देशका राजदूतविरूद्ध उजुरी आह्वान

बिआरटीनेपाल २०७६ असार ४ गते ४:५४ मा प्रकाशित

संसदीय सुनुवाइ विशेष समितिले सरकारद्वारा प्रस्तावित विभिन्न ४ देशका राजदूतको सुनुवाइ प्रक्रिया सुरू गरेको छ। समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा प्रस्तावित राजदूतहरू अस्ट्रेलियाका लागि महेश दहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्रको सुनुवाइका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

सरकारद्वारा प्रस्तावित चार वटै देशका राजदूतहरूको सुनुवाइका लागि उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिले प्रस्तावित राजदूतहरूलाई १० दिनसम्म उजुरी आह्वानका लागि म्याद दिने संवैधानिक व्यवस्था छ। त्यसपछि सो उजुरीमाथि छानबिन गरी प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ। समितिले राजदूतमा प्रस्तावितहरूको नाम अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले उनीहरूलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू