अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

भूमि व्यवस्थालाई प्रविधि मैत्री बनाउन सुरु – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ असार ४ गते ४:५२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन सुरु गरिएको बताउनुभएको छ । काठमाण्डौंको कलंकीमा आज नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताउनुभयो । मालापोतमा मात्र नभई सरकारले शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो,छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने प्रधानमन्त्रीको भनाई थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले अबको दुई बर्ष भित्रमा देशका सबै मालपोत कार्यलयका ढड्डाहरु ,पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने पनि बताउनुभयो । प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने,उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू