अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४५ | Colorodo: 16:00

संसद्मा दर्ता भएका ४ वटा विधेयक फिर्ता गर्न कांग्रेसको सरकार संग माग

बिआरटीनेपाल २०७६ असार ४ गते ४:४५ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा दर्ता भएका चारवटै विधेयक फिर्ता गर्न सरकारसँग माग गर्नुभएको छ । संघीय संसद प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै देउवाले ’राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक’, ’राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ’सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ’मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन गर एकीकरण गर्न बनेको विधेयक’ फिर्ता लिन माग गर्नुभयो ।

गुठी सम्बन्धि विधेयक सरकारले फिर्ता लिएको एक दिनपछि प्रतिपक्षी दलका नेता देउवाले संसद्मा उक्त माग राख्नुभएको हो । मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा पहिले आफूलाई बोल्न नदिएकोमा पनि देउवाले आपत्ति जनाउनुभएको थियो । पहिला आफूले समय माग गरेको र त्यसपछि प्रधानमन्त्रीले समय मागेको भएकाले पहिला आफूलाई बोल्न नदिएकामा देउवाले आपत्ति जनाउनुभएको थियो । पहिला प्रधानमन्त्री बोल्ने कि प्रमुख प्रतिपक्षी दलका नेता बोल्ने भन्ने विषयमा विवाद भएपछि मंगलबारको संसद बैठक नाराबाजी र होहल्लाका बीच अवरुद्ध भएको थियो।

आफ्नो सम्बोधनको क्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीको हालै भएको ९ दिने युरोप भ्रमण असफल भएको टिप्पणी पनि गर्नुभयो । बेलायत र फ्रान्स लगायतका मुलुकमा प्रधानमन्त्रीले गरेको भ्रमण पूर्णतः असफल भएको देउवाको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू