अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

द भ्वाईस अफ नेपालको दोस्रो सिजनमा दुई नयाँ जज, को को छन त ?

कुबेर डङ्गोल २०७६ असार ३ गते ११:४७ मा प्रकाशित

गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी सो “द भ्वाईस अफ नेपाल” को दोस्रो सिजन आउँदो केही दिनमै सुरु हुँदैछ । दोस्रो सिजन नाजिकैनै लाग्दा युनिटले राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै दुई नयाँ कोच सार्वजनिक गरिएको छ ।

दोस्रो सिजनमा दुई नयाँ र दुई पुराना कोच रहने आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । द भ्वाईस अफ नेपालको पहिलो सिजनमा कोच बनेका पप गायक सनुप पौडेल र रक गायिका अभया सुब्बा (स्टिम इन्जिन) दोस्रो सिजनबाट हटाइएका हुन् । पहिलो सिजनका बाँकी दुई निर्णायक वरिष्ठ गायक दीप श्रेष्ठ र गायक प्रमोद खरेल दोस्रो सिजनमा पनि रहेका छन् । यस अघिको कोच सनुप पौडेलको ठाउँमा मँगोलियन हार्टका गायक पप गायक राजु लामालाई अनुबन्धित गरिएको छ भने रक गायिका अभया सुब्बाको स्थानमा पप गायिका आस्था राउतलाई कोचको रूपमा अनुबन्धित गरिएको छ । केही समयदेखि अमेरिका बस्दै आएका राजु लामा यही कार्यक्रमका लागि नेपाल आएका छन् । 

पप ब्यान्ड मँगोलियन हार्टका भोकलिस्ट लामा अहिलेको पुस्ता माझ पनि उत्तिकै परिचित छन् । उमेरले ४० वर्ष पुगेका राजु विगत अढाई दशकदेखि नेपालीमा सक्रिय छन् । केही समय अगाडी मात्र उनले साङ्गीतिक यात्राजी २५ औ वर्षको खुसीयाली कन्सर्ट गर्दै साटेका थिए । सन १९९४ मा पहिलो गीतिसँग्रह सोलुसन निकालेर गायन यात्रा सुरु गरे पनि दोस्रो गीतिसँग्रह मँगोलिन हार्टको तिमीलाई देखेर हिमाल हाँसेको‘गीत मार्फत राजु श्रोता माझ परिचित मात्र होइन, स्थापित नै भएका थिए । उनले ब्यान्ड ग्रुपसँग मिलेर १० भन्दाबढी गीति सङ्ग्रह दर्शक तथा श्रोता माझ ल्याई सकेका छन् । यसै गरी अर्की कोच आस्था पनि एक दशकदेखि गायनमा सक्रिय छिन् ।

साङ्गीतिक घरनाकी आस्थाका बुबा हरिबहादुर राउत अग्रज लोक गायक हुन् । उनले एक दशक अघि सालको पात टपरी गाँसे र गीतको रिमिक्स भर्सन मार्फत गायन यात्रा सुरु गरेकी हुन् । साङ्गीतिक यात्राको क्रममा उनको फिल्म मायाज बारको माया यो माया ‘ढुवानी फिल्मको छलक लछक लगायतका गीत अत्यधिक सफल छन् । पप गायन तर्फ आस्थाका चौबन्दीमा पटुका बाँधेको‘, झुम्के बुलाकी गीत सर्वाधिक हिट छन् । साथै, आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रायोजकसँग हस्ताक्षर पनि गरियो । आगामी साउनको पहिलो साताबाट भ्वाईस अफ नेपाल सिजन २ हिमालयन टेलिभिजनबाट प्रसारण हुँदैछ । दोस्रो सिजनमा द भ्वाईस अफ नेपाललाई टाइटल स्पोन्सरको रूपमा युनाईटेड सिमेन्टले साथ दिएको छ । साथै सह प्रायोजकको रूपमा एनआइसी एसिया बैङ्क र आइएन जी ग्रुप रहेका छन् । यसै गरी भोटिङ्ग तथा पेमेन्ट पार्टनरको रूपमा प्रभु पे रहेको छ । कार्यक्रम निर्देशकको रूपमा अघिल्लो सिजना झैँ लक्ष्मण पौडेल रहेका छन् ।

लक्ष्मण पौडेल, कार्यक्रम निर्देशक: पहिलो सिजनको सफलताले हामीलाई सफलतासँगै जिम्मेवारी पनि थपेको छ । यस पटक अझै चुनौती महसुस गरेको छु । अघिल्लो सिजन भन्दा यसलाई अझै परिष्कृत रूपमा ल्याउने कोसिस रहने नै छ । पहिलो सिजनबाट पाएको दर्शकको माया र विश्वासलाई अझै बढाउने हर प्रयास रहनेछ । साथै, प्रस्तुतीकरणका हिसाबले त्यो भन्दा उत्कृष्ट सो दिने प्रतिबद्धता व्यक्त गर्दछौ ।

श्याम गुरागाईं, भाइस प्रेसिडेन्ट (हिमालयन एच डी टिभी): विश्वकै नम्बर एक गायन रियालिटी सो हाम्रो टिभीबाट प्रसारण गर्न पाउँदा निकै उत्साहित छौ । पहिलो सिजनले यसलाई नेपालमा स्थापित गरिसकेको छ भने यो सिजनले दर्शकको सङ्ख्या बढाउनेमा विश्वस्त छौ । बढी भन्दा बढी दर्शकले सोलाई हेर्नेछन्, त्यसैले हामीले यसका लागि प्राइम टाइम छुट्ट्याएका छौ ।

प्रतिक्रिया