अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

हिपहप शैलीको गीत ‘जन आक्रोश’ सार्वजनिक

बिआरटीनेपाल २०७६ असार ३ गते ११:०२ मा प्रकाशित

काठमाडौँ, योगेश काजी र योङ्ग मिनिस्टरको स्वरमा रहेको हिपहप शैलीको गीत ‘जन आक्रोश’ सार्वजनिक भएको छ । योङ्ग मिनिस्टरको शब्द, योगेशको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विक्रम आदित्य शाहको निर्देशन रहेको गीतको भिडियोमा योगेश र योङ्ग मिनिस्टरकै अभिनय रहेको छ । वीरेन्द्र भाट विपिनले छायाङ्कन गरेको भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् । गीतमा राजनीतिक वङ्ग्यलाई प्रस्तुत गरिएको छ ।

योगेशको पछिल्लो समय सार्वजनिक भएको गीत ‘एसेलुको पात…’ले चर्चा पाइरहेको बेला उनले नयाँ गीत ‘आक्रोश’ स्रोता÷दर्शकमाझ ल्याएका हुन् ।

आफ्ना अन्य गीत जस्तै ‘जन आक्रोश’ले पनि स्रोता÷दर्शकको माया पाउनेमा आफू आशावादी रहेको उनले बताए ।

‘हामीले वर्तमान देशको अवस्थालाई हिपहप शैलीको गीत मार्फत प्रस्तुत गर्न खोजेका हौ, देशमा बढ्दै गएको विकृति विसङ्गतिलाई उजागर गर्ने प्रयास हो’, योगेशले भने । 

प्रतिक्रिया