अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२४ | Colorodo: 10:39

गजल

रस्मिला कवाङ “रश्मि”, जर्मनी २०७६ असार ३ गते १०:५६ मा प्रकाशित

तिमीलाई आफ्नो बनाउने मेरो अधिकार लाग्छ
त्यसैले त यो जुन्नी कै तिमी मेरो उपहार लाग्छ।

आफ्नै मुटु पनि तिम्रै लागि धड्किन्छ केवल
खै कुन्नि किन तिम्रै अनुहार इमानदार लाग्छ।

पीडा मात्र दियोउ हजुर हरेक पलपलमा
अब त दिनदिनै खुसी हुने अधिकार लाग्छ।

छुचा थियोउ पहिला अनि अहिले नि उस्तै तिमी
बरु मलाई आफ्नै बोली सधैँ झङ्कार लाग्छ।

कुरा त गरेकै हो नि हजुर तिमीले मिठा मिठा !
किन हो कुन्नि मलाई आज सबै बेकार लाग्छ ।

जता जान्छौ जाऊ तिमी, बेमतलवी बनूँ भन्छु
तिमीबिना तैपनि मन सधैँ अन्धकार लाग्छ।

निष्ठुरी हजुर तिमी टाढा गए देखी मबाट
प्रियजनको माया पनि धारिलो प्रहार लाग्छ।

अन्तै तर्किएर गए पनि मायालु हजुर तिमी
यो मनमा फेरी गाढा माया तिम्रै हजार लाग्छ ।

प्रतिक्रिया