अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२७ | Colorodo: 10:42

समता स्कुलका सञ्चालक उत्तम सञ्जेल प्रहरी नियन्त्रणमा

बिआरटीनेपाल २०७६ असार ३ गते १०:०७ मा प्रकाशित

समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेल र उनकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अस्पताल परिसरमै कर्मचारीको शंकास्पद मृत्यु भएपछि आफन्तले आन्दोलन गर्न थालेपछि सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विगत २ महिनायता उक्त अस्पतालमा क्लिनरको रुपमा कार्यरत रामेछापको दोरम्बा घर भएकी २७ वर्षीया विमला तामाङले सोमबार राती पासो लगाएर आत्महत्या गरेकी थिइन् ।

हाल सञ्जेल दम्पत्तीलई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ । यता महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले सञ्जेललाई पक्राउ नगरिएको र आन्दोलनको स्थिति हेरेर शान्ति सुरक्षाको लागि वृत्तमा राखिएको जानकारी दिनुभयो । क्लिनर तामाङले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सञ्जेल दम्पतीलाई नियन्त्रणमा लिएपछि तामाङको शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । त्यस्तै समता अस्पतालमा कार्यरत ३ जना कर्मचारीलाई समेत नियन्त्रणमा लिई तामाङको आत्महत्याबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू