अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 14:37

समता अस्पतालमा झुण्डिएको अवस्थामा भेटियो युवतीको शव, आफन्तद्धारा अस्पतालमा तोडफोड

बिआरटीनेपाल २०७६ असार ३ गते १०:०४ मा प्रकाशित

काठमाडौँको बौद्धस्थित समता अस्पतालमा एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । सोही अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

सोमबार बिहानदेखि सम्पर्क बिहिन रहेकी तामाङ मंगलबार बिहान ९ बजेतिर झुण्डिएको अवस्थामा मृत फेला परेको बौद्ध प्रहरीले जनाएको छ । घटना शंकास्पद रहेको भन्दै मृतकका आफन्तहरुले अस्पताल परिसरमा तोडफोड गरेका छन् ।

तोडफोडबाट अस्पतालका झ्यालका सिसा फुटेका छन् । मृतकका आफन्तले शव उठाउन दिएका छैनन् । घटनास्थलमा प्रहरी तैनाथ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू