अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३६ | Colorodo: 18:51

कपिलवस्तुमा पौडी खेल्ने क्रममा ३ युवाको मृत्यु

बिआरटीनेपाल २०७६ असार ३ गते १०:०३ मा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिकामा पौडी खेल्नेक्रममा ३ जनाको ज्यान गएको छ। मंगलबार दिउँसो पौडी खेल्ने क्रममा हल्लानगरस्थित सुरई नदीको रहमा डुबेर ३ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा विजयनगर गाउँपालिका अन्दाजी १६÷१७ बर्षका आशिष भट्टराई, सोही ठाउँका १८ बर्षीय सुमित सुनार र सोही ठाउँकै १७ बर्षीय निरन्जन भुसाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

दिउँसो तीन बजे घटना घटेको थाहा पाएपछि वडा प्रहरी कार्यालय कपिलवस्तुको टोली घटनास्थल पुग्दा उनीहरुको ज्यान गैसकेको प्रहरीले जनाएको छ। पौडी खेल्नका लागि ४ जना गएपनि एक जना सकुशल रहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू