अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२७ | Colorodo: 21:42

एनआरएनए अस्ट्रेलिया चुनाव २०१९ मा २०९ पदका लागि ४०० भन्दा बढीको उम्मेदवारी

बिआरटीनेपाल २०७६ असार ३ गते १०:०० मा प्रकाशित

आगामी जुलाई ६ तारिखमा हुन गइरहेको गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको निर्वाचनमा २०९ पदका लागि करिब चार सयभन्दा बढी उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । सार्वजनिक तथ्याङ्क अनुसार अस्ट्रेलियाभर करिब एक लाखको हाराहारीमा रहेका नेपालीहरूमध्ये जम्मा ११ हजार ६ सय ५७ सदस्य रहेको एनआरएनए सदस्यताका हिसाबले अस्ट्रेलियाको सबैभन्दा ठूलो नेपाली संस्था मानिन्छ । यो सङ्ख्या सन् २०१७ मा करिब ८ हजार थियो ।

एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदका लागि मेलबर्नबाट केशव कँडेल र सिड्नीबाट दिनेश पोखरेल र नन्द गुरुङले उम्मेदवारी दिनुभएको छ । त्यसैगरी महासचिव पदका लागि डा.ज्ञानेन्द्र रेग्मी, डा. शंकर ढकाल र सन्तोष दाहालले उम्मेदवारी दिनुभएको छ ।

सचिवका लागि परेश घिमिरे, उषा बारिया पोखरेल र सरोज पाण्डेले तथा कोषाध्यक्षमा अनिल पोखरेल, कुशल केसी र कपिलदेव पाण्डेले उम्मेदवारी दिएको बताईएको छ । साथै सह कोषाध्यक्षमा सीताराम घिमिरे र लक्ष्मण गोपालीले उम्मेदवारी दिनुभएको छ ।

न्यूसाउथवेल्सको संयोजक पदका लागि डिला खरेल, देव गुरुङ र मोहन भट्टले उम्मेदवारी दिनुभएको छ । त्यसैगरी क्यानबेराको संयोजक पदका लागि चुडामणि सापकोटा र सञ्जय घिमिरेले, क्वीन्सल्याण्ड संयोजकमा धीरेन्द्रराज थापा र उमेश खड्काले, एडिलेड संयोजकमा रेनुका लामा र नवराज पन्तले, भिक्टारियामा महेन्द्र केसी र प्रेम कँडेलले, वेष्टर्न अस्ट्रेलिया संयोजकमा कृष्णमान श्रेष्ठ र नवीन भण्डारीले उम्मेदवारी दिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू