अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८ | Colorodo: 01:03

कोपा अमेरिका फुटबल – जापानविरुद्ध चिली ४–० गोल अन्तरले विजयी

बिआरटीनेपाल २०७६ असार ३ गते ९:४४ मा प्रकाशित

कोपा अमेरिका फुटबलमा चिलीले जापानलाई पराजित गरेको छ । ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत मंगलबार बिहान भएको खेलमा चिलीले ४–० को सहज जित निकालेको हो ।

खेलमा चिलीलाई विजयी गराउन ईडुवार्डो भार्गासले दुई गोल गर्दा अलेक्सिस सान्चेज र एरिक पुल्गारले एक–एक गोल गरेका थिए । जितसँगै चिलीले समूहमा अग्रता लिएको छ ।

इक्वेडरलाई हराएको उरुग्वेको समान ३ अंक रहे पनि गोल अन्तरमा चिली अगाडि छ । कोपा अमेरिका फुटबलमा भोलि ब्राजिलले भेनेजुएलासँग खेल्दा बोलिभिया र पेरु भिड्नेछन् ।

प्रतिक्रिया