अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

विखन्डनकारी र राजावादीमाथि निगरानी राख्न डिआईजीहरुलाई गृहमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७६ असार ३ गते ९:४० मा प्रकाशित

नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रदेश प्रहरीका रुपमा सरुवा भएका डिआईजीहरुलाई विप्लव समूह र राजावादी गतिविधीमाथी निगरानी बढाउन निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गृह मन्त्री बादलले प्रतिपक्षले साना विषय पनि उछालिरहेको भन्दै शान्ति सुरक्षा, सुशासन र जनतालाई प्रभावकारी सेवा प्रवाह हुने गरी काम गर्न पनि निर्देशन दिनुभयो ।

मन्त्री थापाले आफूलाई जिम्मेवार नागरिक ठानेर सचेततापूर्वक काम गर्न र विप्लवका गतिविधि समेत नियन्त्रणमा लिने गरी काम गर्न निर्देशन दिनुभयो । साथै उहाँले राजावादी र विखण्डनकारीकालाई निगरानी बढाउन निर्देशन दिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू