अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

सरकारद्धारा गुठी विधेयक फिर्ता

बिआरटीनेपाल २०७६ असार ३ गते ९:३७ मा प्रकाशित

नेपाल सरकारले गुठी बिधेयक फिर्ता लिएको छ । भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा मंगलबार साँझ गरेको पत्रकार सम्मेलनमार्फत सरकारले विवादास्पद गुठी विधेयक फिर्ता लिएको घोषणा गर्नुभयो । राष्ट्रियसभामा विचाराधीन गुठी विधेयकका कारण करिब एक महिनादेखि सडक र सदन दुवै तातेको छ ।

यसअघि मंगलबार दिउँसो संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गुठी विधेयक र युरोप भ्रमणबारे बोल्न खोज्दा प्रतिपक्षी कांग्रेसले अवरोध गरेको थियो । प्रधानमन्त्रीले ओलीले पत्रकार सम्मेलनबाट गुठी विधेयकबारे बोल्ने अपेक्षा गरिएको भए पनि निर्धारित पत्रकार सम्मेलनभन्दा एक घन्टाअघि नै भूमिसुधारमन्त्री अर्यालले पत्रकार सम्मेलनमार्फत गुठी विधेयक फिर्ता लिएको जानकारी गराउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू