अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६ | Colorodo: 16:51

राई इज किङको नयाँ गीत भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७६ असार २ गते ८:०५ मा प्रकाशित

राजेश पायल राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘स्वदेश’ बोलको गीतमा गीतकार श्री सिवाको शब्द रचना रहेको गीतमा सङ्गीत पुष्प गजमेरको रहेको छ । श्री सिवा लामो समय देखि अमेरिका बसेर नेपाली गीत सङ्गीतमा सक्रिय नाम हो । फणिन्द्र राईको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई राज खड्काले निर्देशन गरेका हुन् ।

ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् भने विकास ज्ञवालीले कलर संयोजन गरेका छन् । राज खड्का र ऋचा शर्माको अभिनय रहेको भिडियोमा स्वदेशमै बसेर केही गर्ने र विदेश नजाने कुराहरू गरिएको छ निर्देशक राजले आफ्नो मातृभूमिमा केही गरेर बस्ने युवाको कथालाई पर्दामा उतारेका छन् ।

प्रतिक्रिया