अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

कान रोग के हो ? कानबाट किन पीप आउँछ ? यसबाट बाँच्ने उपाय यस्तो छ ।

बिआरटीनेपाल २०७६ असार २ गते ८:०१ मा प्रकाशित

कानमा लाग्ने रोग हेर्दा साधारण लागे पनि समयमै उपचार भएन भने यसले अन्य अङ्गमा पनि असर गर्न सक्छ । कानमा देखिने समस्या मध्ये सबैभन्दा धेरै कान पाक्ने समस्या हो ।

जुन सुकै लिङ्ग, उमेर समूहका मानिसमा यो समस्या देखिन सक्छ । हाम्रो देशको सन्दर्भमा कान पाक्ने समस्या अझ धेरै छ । कानको बनावट हेरेर ३ भाग (बाहिरी ,मध्य र भित्री) मा विभाजन गरिएको हुन्छ । जसमा मध्य भागमा विभिन्न कारण संक्रमण हुँदा पीप जम्छ , जमेको पीपले कानको जाली प्वाल पारेर बाहिर निस्कन्छ ।

यस लाई नै कान पाकेको भनिन्छ ।घाँटी र कान जोड्ने नसा एउटै हुन्छ । यस्तो नसा वा नली बच्चाहरूमा सिधा रहेको हुन्छ भने ,उमेर बढेसँगै प्रौढहरूमा यस्तो नसा टेडो हुन्छ । त्यसका कारण बच्चाहरूमा घाटीमा संक्रमण हुने बित्तिकै सिधै कानमा असर गर्छ र छिट्टै पाक्छ ।

प्रौढहरूमा भने रोग प्रतिरोधात्मक क्षमता पनि बढी र नशा टेडो भएकाले संक्रमण कम हुने गर्छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू