अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

सुत्केरीको मृत्युको बिषयलाई लिएर डडेल्धुरामा प्रदर्शन

बिआरटीनेपाल २०७६ जेठ ३२ गते ८:२० मा प्रकाशित

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा सदरमुकाममा प्रदर्शन गरेका छन्। अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा ‘ब्लिडिङ’ नरोकिएपछि शुक्रबार मृत्यु भएको थियो।

शनिबार मृतकका आफन्तले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशन गरेका छन्। जिल्ला सदरमुकामको तुनाडाँडा चोक हुँदै जिल्ला प्रशानस कार्यालय खलंगामा महिलाहरुले प्रदर्शन गरेका हुन्। यातायात बन्द दोषी चिकित्सकलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले सडकमा टायर बालेर यातायात पूर्णरुपमा ठप्प पारेका छन्। डडेल्धुरा अस्पतालनजिकै रहेको तुफानडाँडा चोकमा उनीहरुले सडकमा टायर बालेर यातायात पूर्णरुपमा ठप्प पारेका हुन्।

शल्यक्रिया गरेर १४ दिन अगाडि बच्चा जन्माएकी ताम्राकार ९ दिन वेडभर्ना भएको बुझिएको छ। लगातार ‘ब्लिडिङ’ भएपछि शुक्रबार डडेल्धुरा अस्पताल पुगेकी उनलाई अस्पतालले ८ पिन्ट रगत दिए पनि बचाउन नसकेको एक स्वाथ्यकर्मीले बताएका छन् । उनका अनुसार अवस्था गम्भीर भएपछि ८ पिन्ट रगत दिएर रिफर गर्ने हेलिकोप्टरको समेत अस्पतालले व्यवस्था गरिएको थियो। शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू