अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४१ | Colorodo: 14:56

नेकपाकै सांसदद्धारा सञ्चारमन्त्रीको राजीनामा माग

बिआरटीनेपाल २०७६ जेठ ३२ गते ८:१२ मा प्रकाशित

नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्नुभएको छ । सरकारले ल्याएको गुठी विधेयकमाथिको विशेष बहसमा शनिबार सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्तीप्रथासँग जोडेकोमा कडा आपत्ति जनाउँदै सञ्चार मन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो ।

मानन्धरले गुठीले मुलुक चिनाउने काम गरेको भन्दै ज्ञानको कमीका कारण त्यसलाई सामन्तवादसँग जोडिएको बताउँदै गुुठियारहरुलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने काम गरिएको छ, यसले मन्त्रीहरुको दिनगन्ती सुरु भएको टिप्पणी गर्नुभयो । मन्त्रीहरुको यस्तो प्रवृत्ति नरोकिए गणतन्त्रसमेत धरापमा पर्ने तर्क गर्दै मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि तुरुन्तै विधेयक फिर्ता नगरे काठमाडौंमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू