अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१३ | Colorodo: 13:28

असल नियतले ल्याइएको विधेयकमा पुल्ठो झोस्नु गलत – संचारमन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ जेठ ३२ गते ८:०४ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभामा पेश गर्नुअघि हरेक विधेयकका विषयमा हुने नकारात्मक टिप्पणी राम्रो पक्ष नभएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकमा आज आयोजित एक कायृक्रममा बोल्दै उहाँले विधेयक लैजानुभन्दा अघि पुल्ठो झोसिएको र पुल्ठो झोसेछि नकारात्मक टिप्पणी फैलिउका कारण समस्या समाधान गर्न कठिन हुने बताउनुभयो । विषयको चुरोमा जानुभन्दाअघि भ्रामक रुपमा उत्तेजना फैलाउनु राम्रो कुरा नभएको बाँस्कोटाको भनाई थियो ।

मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश भएको गुठी विधेयक संस्कृति, रीतिरिवाज, धर्म र सामाजिक व्यवहार तथा उत्पादन, स्वामित्व र किसानका अधिकारसँग जोडिएको दुई प्रकृतिका दुई पृथक ढङ्गले छलफलमा लगिने समेत प्रष्ट पार्नुभयो । उहाँले सरकार वैज्ञानिक र व्यवस्थित ढङ्गले गुठी विधेयक समाधान गर्ने प्रयत्न गरिरहेको उल्लेख गर्दै जमिनमा हरेक जनताको पहुँच पुर्याईने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू