अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

कैलालीमा निर्माणाधिन शीत भण्डारमा आगलागी, एक करोडको क्षति

बिआरटीनेपाल २०७६ जेठ ३२ गते ७:५५ मा प्रकाशित

कैलालीमा निर्माधीन शीत भण्डारमा आगलागी भएको छ। कैलालीको घोडोघाडी नगरपालिका– १० पहलमानपुरमा रहेको निर्माणाधिन शीत भण्डारमा शनिबार आगलागी भएको हो। आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

निर्माणाधिन कोल्ड स्टोरमा वल्डिङको काम भइरहेको बेला आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा र नेपाल प्रहरीको सक्रियतामा करिब ३० मिनेटपछि आगो नियन्त्रणमा आएको थियो। करिब ३ हजार मेट्रिक टन भण्डारण गर्न सक्ने क्षमता रहेको शीत भण्डार सुदूरपश्चिम प्रदेशकै सबै भन्दा ठूलो रहेको बताइएको छ।

साना तथा मझौता कृषक आयस्तर वृद्धि परियोजना (रिज्म एफपी)को ३ करोड लगानी रहेको सो कोल्ड सञ्चालनमा नआउँदै आगलागी भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू