अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

प्रधानमन्त्री ओली केबुलकारमा १ घण्टा अलपत्र

बिआरटीनेपाल २०७६ जेठ ३२ गते ७:५४ मा प्रकाशित

युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी ओली फ्रान्सको हिमाल अवलोकनका क्रममा झण्डै एक घण्टा केबुलकारमा अड्किनुभएको छ । हिमाल तथा हिमाली क्षेत्रमा निर्माण गरिएका केही खेलकुद प्रशिक्षण केन्द्रहरुको अवलोकनका क्रममा प्रधानमन्त्री ओली चढेको केबलकार एक घण्टा अड्किए अनलाईन लेदोफिने डटकमले जनाएको छ । फ्रान्सको ४ हजार ८ सय १० मिटर अग्लो मोन्ट ब्लान्स हिमाललाई जोड्ने केबलकार करिब २५ सय मिटर उचाईमा पुगेपछि अड्किएको थियो ।

केबलकारमा अड्किनेमा प्रधानमन्त्री पत्नी राधिका शाक्यसहित परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पूर्व मिस नेपाल श्रृंखला खतिवडालगायत नेपाली प्रतिनिधि मण्डलका सदस्यहरु रहेको सो अनलाईनले जनाएको छ ।

केबलकार यात्राका क्रममा तिब्र गतिमा हावा चल्दा केबलकार कम्पनीको प्राविधिक टोलीको सुझावका आधारमा बन्द गरिएको थियो । हावा चल्न कम भएपछि पुनः केबुलकारबाट हिमाल अवलोकन गरी प्रधानमन्त्रीसहितको नेपाली टोली फर्किएको थियो ।

प्रधानमन्त्री ओली फ्रान्सबाट पुनः स्वीट्जरल्याण्डको जेनेभा जानु भएको छ । प्रधानमन्त्री ओली सहितको टोली भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू