अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

महिला विश्वकप – नकआउट चरणमा इंग्ल्याण्ड र इटाली

बिआरटीनेपाल २०७६ जेठ ३२ गते ७:५० मा प्रकाशित

फ्रान्समा जारी महिला विश्वकपमा इंग्ल्याण्ड र इटालीले अन्तिम १६ मा स्थान पक्का गर्न सफल भएका छन् । समूह चरणअन्तर्गत शुक्रबार राति भएका खेलमा जित निकाल्दै दुवै टिमले नकआउटमा स्थान बनाउन सफल भए । समूह डी अन्तर्गतको खेलमा इंग्ल्याण्डले अर्जेन्टिनालार्ई १– ० ले पराजित गर्दा पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर इंग्ल्यान्डले ६१ औँ मिनेटमा जोडी टाइलरको गोलमा टिमलाई अग्रता दिलाइन् । टाइलरले पछिल्लो १४ महिनामा पहिलो गोल सम्भव बनाइन् । यसअघि पहिलो हाफमा इंग्ल्याण्डकी निकिता पारिसले पेनाल्टीमा गोल गर्न असफल भएकी थिइन् । उनको प्रहार अर्जेन्टिनाकी गोल रक्षक भानिना कोरियाले आकर्षक बचाउ गरिन् । इंग्ल्याण्डको यो लगातार दोस्रो जित हो। अर्जेन्टिनाले भने जित निकाल्न सकेको छैन । उसले पहिलो खेलमा बराबरी गरेको थियो। त्यस्तै समूह सीबाट इटालीले अन्तिम १६ मा स्थान पक्का गरेको छ।

शुक्रबार राति भएको खेलमा उसले जमैकालाई ५–० ले पराजित गरेको हो। पहिलो हाफमा दुई गोल गरेको इटालीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल रह्यो। उसका लागि क्रिष्टिएना गिरेलीले ह्याट्रिक गरिन्। यस्तै एउरोरा गालीले दुई गोल गरेर टिमलाई ५–० को जित दिलाएकी थिइन्। लगातार दुई जित निकालेको इटालीको ६ अंक भएको छ। तीन अंकसहित ब्राजिल दोस्रो स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू