अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

जनताको भावनाविपरीत गुठी विधेयक पारित हुँदैन– कार्यवाहक प्रधानमन्त्री पोखरेल

बिआरटीनेपाल २०७६ जेठ ३२ गते ७:४२ मा प्रकाशित

नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले आम नागरिकको भावनाविपरीत हुने गरी गुठी विधेयक पारित नहुने बताउनुभएको छ । काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले गुठी विधेयक बहसमा मात्रै आएकाले कानुन नै बने जसरी नबुझ्न आग्रह गर्नुभयो ।

आम नागरिकको सामाजिक र साँस्कृतिक भावनाविपरीत विधेयक देखिऐ त्यसलाई पारित नगर्ने उहाको भनाई थियो । सरकारले जनताको भावनाविपरीत कुनै काम नगर्ने बताउँदै संसदमा छलफलका क्रममा आएको विधेयककै कारण उत्पातै भयो भनेर नबुझ्न समेत उहाँले सबैलाई आग्रह गर्नुभयो । जनताको भावना बुझेर मात्रै काम गर्ने भन्दै पोखरेलले सरकार जनताको हितविरूद्ध कहिल्यै नजाने स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू