अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

ओमानको खाडीमा तेल बोकेका दुई वटा ट्यांकरमा आक्रमण

बिआरटीनेपाल २०७६ जेठ ३१ गते ९:५५ मा प्रकाशित

ओमानको खाडीमा तेल बोकेका दुई वटा ट्यांकरमा आक्रमण भएको छ । बिहीबार गन्तव्यतर्फ जाँदै गरेको अवस्थाममा दुई ट्यांकरमा विस्फोटक हमला भएको हो । आक्रमणको विषयलाई लिएर अमेरिका र इरानबीच आरोप प्रत्यारोपसमेत सुरु भएको छ । अमेरिकाले आक्रमणमा इरान जिम्मेवार भएको आरोप लगाएको छ । इरानले भने उक्त आरोप निराधार रहेको दावी गर्दै आएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ‘गल्फ अफ ओमान’ मा तेलका दुई ट्यांकरमा भएको आक्रमणमा इरान जिम्मेवार रहेको आरोप लगाउनुभएको छ । तर इरानका एक उच्च अधिकारीले घटनामा आफूहरुको संलग्नता र सम्बन्धसमेत नरहेको दाबी गरेको बीबीसीले जनाएको छ ।

जापानको स्वामित्वको रहेको कोकुका करेजिएस र नर्वेजियन कम्पनीको फ्रन्ट अल्टाएयरमा बिस्फोट भएको हो । घटना लगत्तै ट्यांकरमा रहेको सदस्यहरुको उद्धार गरिएको थियो । इरान र अमेरिकाले दुवैले ट्यांकरका सदस्यहरुको उद्धार आफूहरुले गरेको दाबी गरेका छन् । कोकुकामा रहेका २१ र फ्रन्टमा रहेका २३ सदस्यको उद्धार गरिएको थियो ।

विश्वको सबैभन्दा ठूलो तेल मार्गमा एक महिनाभित्रै यो दोस्रो आक्रमण हो । यसअघि युएईका चार वटा ट्यांकरमाथि आक्रमण भएको थियो । अमेरिकाले त्यो बेला पनि इरानमाथि आरोप लगाएको थियो । तर त्यसलाई इरानले अस्वीकार गरेको थियो । बिहीबारको घटनापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढीले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू