अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 08:35

लिचीमा भएको रसायनले भारतमा ४७ बालबालिकाको मृत्यु

बिआरटीनेपाल २०७६ जेठ ३१ गते ९:५० मा प्रकाशित

उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ। बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो।

स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो। रगतमा चिनीको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ। रगतमा चिनी कम हुनुका पछाडि लिचीमा हुने रसायन भूमिका खेलेको उनीहरूले बताएका छन्।

बिरामी बालबालिकाका अभिभावकले छोराछोरी दिनभरी लिचीका रूखमा झुण्डिने र टन्न लिची खाएर आउने भएकाले राति खाना नखाने बताएका थिए। मुजफ्फारपुरका दुई अस्पतालले गत जनवरीदेखि नै यस्ता किसिमका १ सय ७९ वटा बिरामी भर्ना गरेका थिए। बालबालिकाको मृत्यु भने केही साता अघिदेखि भइरहेको सीएनएनले जनाएको छ। सन् २०१३ मा पनि कम्तिमा ३ सय ५१ जना नागरिकको इन्सेफ्लाइटिसका कारण मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू