अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

नेपाल र युएईबीच शून्य लागतमा नेपाली कामदार लिने सम्झौता

बिआरटीनेपाल २०७६ जेठ ३१ गते ९:४२ मा प्रकाशित

नेपाल र युएईबीच शून्य लागतमा नेपाली श्रमिक लिने गरी श्रम समझदारीमा हस्ताक्षर भएको छ। १०८ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले शुक्रबार यस्तो श्रम समझदारीमा हस्ताक्षर गर्नुभएको हो ।

सन् २००७ मा भएको श्रम समझदारी प्रतिस्थापन गर्दै नयाँ श्रम समझदारी गरिएको हो। नेपालले एकतर्फी रुपमा यसअघि नै फ्री भिसा, फ्री टिकटसम्बन्धी निर्णय गरे पनि गन्तव्य देशसँग कुनै समझदारी नगर्दा यसको कार्यान्वयन भएको थिएन । युएई नेपालीको चौथो प्रमुख गन्तव्य हो । युएईमा वार्षिक ५० हजार नेपाली रोजगारीको लागि जाने गर्दछन् ।

युएई सरकारले बीमा कोषको व्यवस्था लगायत श्रमको क्षेत्रमा सुधारका काम गरेको छ । नयाँ श्रम समझदारी अनुसार नेपाली श्रमिक युएई जाँदा लाग्ने सबै खर्च रोजगार दाताले नै उपलब्ध गराउने छन्। यस्तै रोजगारदाताका कारण श्रमिक बेरोजगार भए अर्को रोजगारी खोज्न पाउने बाटो पनि खुल्ला भएको छ ।

प्रतिक्रिया