अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२० | Colorodo: 15:35

गायक प्रमोद खरेलको स्वरमा तिमी बिना पतझड बनेको छ जीवन…

बिआरटीनेपाल २०७६ जेठ ३१ गते ६:५९ मा प्रकाशित

काठमाडौँ, डा. डी आर उपाध्यायको नयाँ गीत ‘तिमी बिना पतझड बनेको छ जीवन…’ सार्वजनिक भएको छ । लोकप्रिय गायक प्रमोद खरेलको स्वर, सागर अधिकारी ‘शरद’ को सङ्गीत, देवेन्द्र नेवाको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ/रेकर्डिङ रहेको मधुर गीत ‘तिमी बिना भन्दै पतझड बनेको छ जीवन…’को भिडियो सार्वजनिक भएको हो ।

अजय बाइवाको निर्देशन रहेको गीतको भिडियोमा आयुषमा, लक्ष्मी, सुजन, विशेष र निश्चललाई फिचरिङ गरिएको छ । प्रकाश बुढाथोकीको छायाङ्कन, अजय बाइवाको ड्रोन रहेको गीतको भिडियोलाई सिताराम भट्टराईले सम्पादन गरेका हुन् ।

‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले एकै साथ ७ गीति एलबमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिरा कल वल्र्ड रेकर्ड, इन्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेस्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।

डी. आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नशालु नजर’, ‘जोहो’, ‘अन्त राप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक्’ जस्ता गीति एलबम स्रोतारदर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्य चक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्र घात’, ‘अपवित्र छाया’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

प्रतिक्रिया