अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

तङ्ग–इल मो–दो संघ ललितपुरको नेतृत्वमा श्रेष्ठ

बिआरटीनेपाल २०७६ जेठ ३१ गते ५:०३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ ललितपुर शाखाको जिल्ला कार्यसमिति पूर्नगठन गरिएको छ । मङलबा कर्मचारी संञ्चय कोष भवन लगनखेलमा भएको एक कार्यक्रमका बीच तङ्ग–इल मो–दो संघ नेपालका सल्लाहकार गणेश कुमार श्रेष्ठ महासचिव बिष्णु गिरी तथा सचिव रवि पराजुलीको उपस्थतीमा भएको कार्यक्रमले अनिल श्रेष्ठको नेतृत्वमा ९ सदस्सीय कार्य समिति गठन गरेको हो । संघ ललितपुर शाखाको उपाध्यक्षमा राजु लामा, सचिवमा कृष्ण बोगटी कोषाध्यक्षमा सुरेन श्रेष्ठ सदस्यहरुमा राजेश जोशी, बलदेव थापा, राम महर्जन, सतल लामा, आकास तामाङलाई भएका छन् ।

तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएको छ महासचिव बिष्णु गिरीले बताए उनले भने, ‘अहिलेको राजनीतिक फोहरी भएको छ । यसलाई खेलले मात्रै स्वच्छ बनाउन सक्छ ।’ खेलको माध्यबाट भातृत्वको विकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहने बताए ।

गिरीले तङ्ग ईल मोदो खेल विश्वप्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्वभरी शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरेको संस्मरण गर्दै यस खेलले राष्ट्रको नाम बिश्वमा चिनाउन भहत्वपूर्ण भूमिका खेल्ने बताए ।

तङ्ग–इल मो–दो संघका सल्लाहकार गणेश कुमार श्रेष्ठले खेलको माध्यमबाट युवा वर्गमा नैतिक शिक्षाा दिन सकिने बताउँदै तङ्ग–इल मो–दो यसमा सफल हुँदै गएको बताए । उनले खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउन र नैतिकवान् बनाउन संघ लागेको उल्लेख गरे । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू