अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

असार ४ गतेबाट प्रधानमन्त्री कप महिला क्रिकेट टि–२० प्रतियोगिता–२०७६ हुँदै

बिआरटीनेपाल २०७६ जेठ ३० गते ९:५५ मा प्रकाशित

महाकाली स्पोर्ट्स सोसाईटीको आयोजनामा प्रधानमन्त्री कप महिला क्रिकेट टि–२० प्रतियोगिता–२०७६ हुने भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि उक्त प्रतियोगिता सञ्चालन गर्नेबारे आयोजकले जानकारी गराएको हो । आयोजकका अनुसार कञ्चनपुर महेन्द्रनगरको खुल्लामञ्चमा हुने उक्त प्रतियोगिता आगामी असार ४ गतेबाट सुरु हुनेछ ।

उक्त प्रतियोगिताको आयोजना गर्न ८८ लाख रुपैयाँ लाग्नेपनि आयोजकले जनायो । त्यस्तै, प्रतियोगितामा लाग्ने कुल खर्चमा ३५ लाख रुपैयाँ खेलकुद परिषदले दिने र बाँकी परिषदले तोकेको शीर्षकमा प्रायोजक खोजी महाकाली स्पोर्टस सोसाईटीले व्यवस्थापन गर्ने जनाईएको छ ।

उक्त प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ । जसमा सात प्रदेश र एक विभागीय टोलीको सहभागिता हुने बताईएको छ । प्रतियोगिताको विजयी टिमलाई ५ लाख र उपविजेता टिमलाई ३ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, प्रतियोगिताको वुमन अफ द सिरिजलाई ३० हजार, उत्कृष्ट बलर र ब्याट्स वुमनलाई समान १५ हजार प्रदान गरिनेपनि आयोजकले बताएको छ ।

प्रतिक्रिया