अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

नेपालमा लगानी गर्न फ्रान्सका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

बिआरटीनेपाल २०७६ जेठ ३० गते ९:४९ मा प्रकाशित

युरोप भ्रमणका क्रममा फ्रान्समा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशस्त सम्भावना रहेको नेपालमा लगानी गर्न फ्रान्सका उद्यमी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ । बुधबार साँझ लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुग्नुभएका प्रधानमन्त्री ओलीले फ्रान्सेली राष्ट्रिय उद्योग वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रमलाई संवोधन गर्दै नेपालमा लगानीका लागि वातावरण रहेको र त्यसलाई नगुमाउन त्यहाँका उद्यमी तथा व्यवसायीलाई आग्रह गर्नुभएको हो ।

कार्यक्रमको संवोधनपछि उहाँले विभिन्न व्यवसायीक कम्पनीका प्रतिनिधिहरुसँग छुट्टाछुट्टै भेटघाट समेत गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीले बिहीबार नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७०औँ वर्ष पूरा गरेको अवसरमा आयोजना हुने कार्यक्रममा भाग समेत लिनुभएको छ ।

तर प्रधानमन्त्री ओली र फ्रान्सका उनका समकक्षीले सम्झौता गर्ने भनिएको स्याटालाइट खरिद र सुरक्षण मुद्रण(प्रिन्टिङ प्रस) सम्बन्धी विषयमा अन्यौलता थपिएको छ । यसअघि प्रधानमन्त्रीको फ्रान्स भ्रमणका क्रममा यी दुवै विषयमा सहमति हुने जानकारी परराष्ट्रमन्त्रालयले गराएको थियो।

नेपालले अन्तरीक्षमा प्राप्त गर्ने स्लट नजिकै चार वर्षदेखि लाओसले पनि आफ्नो स्लट दाबी गरेको तर त्यसमा नेपालले कुनै प्रतिक्रिया नजनाएका कारण उक्त विषय अन्यौलमा परेको हो।

प्रतिक्रिया