अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

महिला विश्वकप फुटवल – जर्मनी र फ्रान्स विजयी

बिआरटीनेपाल २०७६ जेठ ३० गते ९:४१ मा प्रकाशित

आठौ संस्करणको महिला विश्वकपमा जर्मनी र फ्रान्स विजयी बन्दै शीर्ष स्थानमा उक्लिएका छन्। प्रतियोगिता अन्तर्गत समुह बीको दोश्रो खेलमा सारा डेब्रिचको निर्णायक गोलकोमद्दतले जर्मनीले स्पेनलाई हराएको हो।

खेलका ४२ औ मिनेटमा कप्तान एलेक्जेन्ड्रा पोपको हेडरबाट रिवाउन्ड आएको बलमा स्पेनकी डिफेन्डर माटा टोरेजोनलाई बिट गराउँदै जाली चुमाइन्। जर्मनी विश्वकपको समुह चरणको पछिल्लो १८ खेलमा अपराजित रहेको छ। उस्ले १४ जित र ४ बराबरीको नतिजा निकालेको छ ।

स्पेनको पछिल्लो ८ खेलमा दोश्रो पराजय हो। जर्मनले विश्वकपको पछिल्लो ११ खेल मध्ये युरोपेली देशसँग १ खेल मात्र पराजय भोगेको छ । ६ जित र ४ बराबरी खेलेको टोलीले सन २०१५ को संस्करणमा इङल्यान्डसंग पराजित भएको थियो।

त्यसैगरी बिहीवार भएको समुह ए मा आफनो दोश्रो खेलमा आयोजक फ्रान्सले नर्वेलाई २–१ पराजित गरेको छ ।

प्रतिक्रिया