अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१६ | Colorodo: 14:31

इंग्लिस प्रिमियर लिगको खेलतालिका सार्वजनिक

बिआरटीनेपाल २०७६ जेठ ३० गते ९:३८ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनका लागि खेलतालिका सार्वजनिक भएको छ । लिग व्यवस्थापनले बिहीबार जारी गरेको खेलतालिका अनुसार आउँदो अगष्ट ९ (साउन २४) गते हुने उद्घाटन खेलमा उपविजेता लिभरपुल र बढुवा भएको क्लब नर्विच सिटी भिड्नेछन् ।

उपाधि विजेता म्यानचेस्टर सिटीले पहिलो खेलमा वेस्टह्याम युनाइटेडसित खेल्दा तेस्रो भएर लिग सकाएको चेल्सीले पहिलो खेलमै म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । टोटनह्याम हट्सपरले एएफसी बर्नमाउथसित खेल्दा आर्सनलको पहिलो भिडन्त न्यूकासल युनाइटेडसित हुनेछ ।

यसपटक प्रिमियर लिगमा नर्विच, शेफिल्ड वेनस्डे र एस्टन भिल्लाको बढुवा भएको छ । लिगको इतिहासमा पहिलोपटक फेबु्रअरीमा क्लबहरुले विश्रामसमेत पाउनेछन् । सन् २०१९–२० को सिजनमा कुल ३८० खेल हुनेछन् ।

प्रतिक्रिया