अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

आलोपालो प्रधानमन्त्रीको बिषयमा अर्को सहमति हुन्छ – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ जेठ ३० गते ९:२९ मा प्रकाशित

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्रीको बिषयमा पार्टीभित्र अर्को सहमति बन्ने बताउनुभएको छ । आलोपालो प्रधानमन्त्रीको बिषय चर्चा गर्नुपर्ने विषय नभएको जिकिर गर्दै उहाँले बदलिएको राजनीतिक परिवेशमा पार्टीका दुई अध्यक्षबीच अर्को सहमति हुन सक्ने संकेत गर्नुभयो ।

सिन्धुपाल्चोकमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दे प्रचण्डले सहमतिकै आधारहरुमा दुई पार्टी एकीकरण भएको र भएका सहमति सबैलाई जगजाहेरै रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्रीको विषयलाई ‘कन्ट्रोभर्सी’ बनाउन खोजिएको दाबी गर्नुभयो । केही समयअघि प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामा पार्टीका दुई अध्यक्षबीच आलोपालोमा प्रधानमन्त्री बन्ने सहमति भएको भन्दै आफूलाई ’वेइटिङ’ प्रधानमन्त्रीका रुपमा उभ्याएपछि पार्टीभित्र उहाँको अभिव्यक्ति बिवादमा तानिएको थियो ।

सम्बोधनका क्रममा उहाँले सहमतिका साथ नै पार्टी र दुई अध्यक्ष अघि बढ्ने पनि बताउनुभयो । पार्टीका नेताहरुको कायैविभाजन केही दिनमै टुंगिने प्रचण्डको दावी थियो । अध्यक्ष प्रचण्डले विवादित मिडिया काउन्सिल बिधेयक, गुठी बिधेयक, लोक सेवा आयोगको विज्ञापन लगायत विषय राजनीतिक सहमतिमा टुंग्याउने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री स्वदेश फर्केपछि पार्टीबीच छलफल गरेर निचोडमा पुग्ने उहाँको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू