अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

विश्वकप क्रिकेट, श्रीलंकाले दुई खेलमा अंक बाँड्यो

बिआरटीनेपाल २०७६ जेठ २८ गते ९:५८ मा प्रकाशित

इङ्ल्यान्ड र वेल्समा जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेटअन्तर्गत मंगलबार बंगलादेश र श्रीलंकाबीच हुने भनिएको खेल वर्षाका कारण रद्ध भएपछि दुवै टोलीले एक एक अंक बाँडेका छन् । जारी विश्वकपमा श्रीलंकाले वर्षाका कारण खेल रद्ध भएपछि अंक बाँढेको यो दोस्रो खेल हो। चार खेलबाट चार अंक भएको श्रीलंका तालिकाको पाँचौँ स्थानमा छ। श्रीलंकाको अघिल्लो चरणको यात्रा कठिन बन्दै छ।

शीर्ष चार टोली मात्र सेमिफाइनल पुग्ने हुँदा हरेक खेलमा दुई अंक प्राप्त चुनौती श्रीलंकालाई देखिन्छ। तीन खेल खेलेको न्युजिल्यान्ड ६ अंक जोडेर शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको इङ्ल्यान्डको तीन खेलबाट ४ अंक छ।

तेस्रो स्थानमा रहेको भारतको दुई खेलबाट चार अंक छ। तीन खेलबाट चार अंक जोड्दै अस्ट्रेलिया चौथोमा छ। यी चारवटै टोलीले जारी प्रतियोगितामा खेलिसकेका खेल वर्षाले प्रभावित भएनन्। यसअघि सोमबार दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच हुने भनिएको खेल पनि वर्षाका कारण सम्भव भएन र दुवै टोलीलाई एक एक अंक दिइयो।

सुरुका तीन खेल हारेको दक्षिण अफ्रिकाले पहिलो अंक जोड्यो। तीन खेलबाट ३ अंक भएको वेष्ट इन्डिज छैटौँ स्थानमा छ। बंगलादेशको चार खेलबाट र पाकिस्तानको तीन खेलबाट समान तीन अंक छ। प्रतियोगितामा यी दुवै टोलीले वर्षाका कारण एक एक खेलमा अंक बाँढेका छन्। १० टोली सहभागी प्रतियोगिताको पहिलो चरण राउन्ड रोबिन लिग आधारमा सन्चालन हुने छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू