अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

अफ्रिकी मुलुक मालीमा जातीय समूहले गरेको आक्रमणमा परी १ सय मानिसको मृत्यु

बिआरटीनेपाल २०७६ जेठ २८ गते ९:५५ मा प्रकाशित

अफ्रिकी मुलुक मालीमा डोगोन जातीय समूहले गरेको आक्रमणमा करिब १ सय मानिसको मृत्यु भएको छ । सांगा शहरनजिकैको मोप्ती क्षेत्रस्थित सोबामी डामा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । करिब ५० जनाको समूहमा मोटरसाइकल र पिकअप भ्यानमा गएका हतियारधारी समूहले गाउँमा आक्रमण गरेका हुन् ।

उनीहरु महिला र बालबालिकालाई समेत निशाना बनाएका थिए । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । आक्रमणमा परेर मारिएका ९५ जनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन् । फेला पारिएका अधिकांश शव जलेको अवस्थामा भेटिएका थिए । आक्रमणमा परेका १९ जना अझै हराइरहेका छन् ।

उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही महिनायता मालीमा यस्तै खालका आक्रमणहरु हुने गरेका छन् । यस्ता आक्रमणमा केही जातीय समुदायको संलग्नता रहेको बताइएको छ । मालीको सरकारले शंकास्पद आतंककारीहरुले गाउँमा आक्रमण गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू