अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४६ | Colorodo: 02:01

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

बिआरटीनेपाल २०७६ जेठ २८ गते ९:५२ मा प्रकाशित

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएको छ । सार्थ उसले तेश्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

जस अनुसार असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान संचालन गर्ने, असार ६ गते सो हस्ताक्षर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने, असार १० गते मिडिया काउन्सिल विधेयक विरुद्ध कार्टुन प्रर्दशनी गरिने छ ।

महासंघका महासचिव रमेश विष्टले तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत असार २० गते वृहत प्रेस स्वतन्त्रता सभा आयोजना गर्ने, असार २५ गते लालटिन जुलुस आयोजना गर्ने र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम पनि तय गरिएको जानकारी दिनुभयो ।

महासचिव विष्टले सो विधेयक फिर्ता नभएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिनुभएको छ । उहाँले सरकारले आफूहरुको जायज माग सम्बोधन गर्न पनि चासो नदिएको भन्दै दुःख पनि व्यक्त गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विष्टले आफूहरुको आन्दोलनलाई सरकारले राजनीतिक रङ दिएको भन्दै आपत्ति जनाउनुभयो ।

नेपाल पत्रकार महासंघले सरकारले मिडिया काउन्सिल विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुने गरी ल्याएको दावी गर्दै त्यसलाई फिर्ता लिन चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू