अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

पोखराको चिडियाखाना आगामी साउन १ गतेदेखि सञ्चालनमा आउने

बिआरटीनेपाल २०७६ जेठ २८ गते ९:४७ मा प्रकाशित

रामसार सूचीमा सूचीकृत पोखराका तालमध्येका रुपाताल र बेगनासतालको बीच पचभैयामा निर्माणाधीन खुला चिडियाखाना आगामी साउन १ गतेदेखि सञ्चालनमा आउने भएको छ । ‘पोखरा जुलोजिकल पार्क’ नाम दिइएको चिडियाखानालाई सर्वसाधारणका लागि खुला गर्ने लक्ष्यअनरुप निर्माण कार्यलाई तदारुकताका साथ अघि बढाइएको छ ।

पोखरामा मानव निर्मित खुला चिडियाखाना हुनुपर्छ भन्ने अवधारणाका साथ पोखरा युनाइटेड क्लबको सक्रियतामा पोखरा महानगरपालिका वडा नं ३०, ३१ र ३२ स्थित पचभैया चापापानी, चिसाकुना र चैनपुर सामुदायिक वन समेटेर चिडियाखाना निर्माणको काम अघि बढाइएको हो ।

अभियानको शुरुआत २०६४ वैशाखबाट गरिए पनि यसको औपचारिक शिलान्यास भने २०७२ साउन १५ गते तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीबाट गराइएको पोखरा जुलोजिकल पार्क निर्माण समितिका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस क्षेत्रको १३४ हेक्टर वन क्षेत्र समेटेर चिडियाखाना बनाउन लागिएको हो । चिडियाखाना निर्माणकै सहयोगार्थ क्लबले बर्सेनी पोखरा महोत्सव गर्दै आएको र त्यसबाट हालसम्म रु ५५ लाख जुटिसकेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू