अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३२ | Colorodo: 06:47

नेपाल निर्माण व्यवसायी महासंघद्धारा आन्दोलनका सबै कार्यक्रम फिर्ता

बिआरटीनेपाल २०७६ जेठ २८ गते ९:४६ मा प्रकाशित

नेपाल निर्माण व्यवसायी महासंंघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । महासंघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जेठ २३ गते सरकारले आफूहरूको मुख्य माग सम्बोधन हुने गरी सार्वजनिक खरिद नियमावली संशोधन गरेपछि आन्दोलनको सबै कार्यक्रम फिर्ता लिइएको जानकारी गराएको हो ।

सार्वजनिक खरिद नियमावली संशोधन गरेर सरकारले आफूहरूको माग पूरा गरेकाले आन्दोलनको कार्यक्रम फिर्ता लिइएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो । आफूहरूको बैंक धरौटीमा राखेको रकमको व्याज पाउनुपर्ने लगायतका माग सम्बोधन गर्न पनि सरकारलाई महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू