अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

लोकसेवाले सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया रद्द गर्न दिएको निर्देशन विरुद्ध बिद्यार्थीहरुको प्रदर्शन

बिआरटीनेपाल २०७६ जेठ २८ गते ९:४३ मा प्रकाशित

स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले थालेको प्रक्रिया रद्द गर्न राज्य व्यवस्था समितिले दिएको निर्देशनको विरोध गर्दै आज काठमाडौंमा प्रदर्शन भएको छ । लोकसेवा अध्ययनरत विद्यार्थीहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

लोकसेवा आयोग तयारी संघर्ष समितिको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले समितिको निर्णयविरुद्ध नाराबाजी गरे । उनीहरुले आफूहरुको भविष्यमाथि खेलवाड नगर्न सरकारलाई चेतावनी दिएका छन् । करारमा कर्मचारी नियुक्त गरे लोकसेवा अध्ययनरत विद्यार्थीमाथि अन्याय हुने उनीहरुको भनाइ थियो ।

लोकसेवाले सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया रद्द गरे कडा आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू