अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध– गृहमन्त्री थापा

बिआरटीनेपाल २०७६ जेठ २८ गते ९:४० मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा माइतीघर मण्डलामा जेठ २६ गते प्रहरी हस्तक्षेपको बारेमा सदनलाई जानकारी दिने क्रममा राज्य नागरिकको अधिकार कुण्ठित गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।

गृहमन्त्री थापाले गुठी विधेयकका प्रावधानमा असहमति राख्दै जेठ २६ गते माइतीघर मण्डलामा केही संस्था, समिति,सम्पदा बचाउ अभियान लगायतको प्रदर्शनको क्रममा प्रदर्शनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको बताउनुभयो । प्रहरीले सार्वजनिक सवारी साधन आवागमनमा अवरोध नगर्न गरेको आग्रह अस्वीकार गरी प्रदर्शनकारीले यातायात अवरोध गर्ने काम जारी राखेकाले पानीको फोहोराको अतिरिक्त प्रहरीले सामान्य बल प्रयोग गरेको मन्त्री थापाले बताउनुभयो ।

प्रदर्शनकारीको तर्फबाट पनि बल प्रयोग भएको र प्रहरीलाई ढुंगा प्रहार गर्ने काम गरेपछि त्यसलाई नियन्त्रण गर्ने काम भएको मन्त्री थापाले स्पष्ट पार्नुभयो । उहाँले घटनाको सरकारले नैतिक जिम्मेवारी लिने र घटनाबारे छानबिन गर्ने पनि बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू