अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५६ | Colorodo: 08:11

पाकिस्तानी पूर्वराष्ट्रपति जरदारी पक्राउ

बिआरटीनेपाल २०७६ जेठ २७ गते ९:२६ मा प्रकाशित

पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जरदारी पक्राउ पर्नुभएकोे छ । पाकिस्तान पिपुल्स पार्टीका सहप्रमुख समेत रहेका जरदारीलाई नेशनल एकाउन्टबिलिटी ब्यूरो एनएबीको टोलीले पक्राउ गरेको हो । इस्लामावाद उच्च अदातलले कालो धनलाई सेतो बनाएको मुद्दामा जरदारी र उहाँकी बहिनी फरयाल् तालपुरलाई अग्रिम जमानत दिन माग गर्दै दायर याचिका खारेज गरिदिएको छ । न्यायाधीश आमिर फारुक र मोहसिन अख्तर कियानीको इजलासले जमानतको रिट खारेज गर्दै जरदारीलाई पक्राउ गर्न आदेश दिएको पाकिस्तानी अनलाइन डनले लेखेको छ ।

जरदारी र उहाँकी बहिनीमाथि झुटो विवरणबाट बैंक खाता खोलेर देशबाहिर रकम पठाएको आरोप छ । उनीहरुले गलत विवरणको बैंक खातामार्फत ४.४ अर्ब रुपैंया देश बाहिर पठाएको आरोप लगाइएको छ । अदालतको आदेशलगत्तै इस्लामावाद स्थित जरदारीको घरमा ठूलो संख्यामा सुरक्षाकर्मी पुगेका थिए । उहाँलाई पक्राउ गरी एनएबीको रावलपिंडी कार्यालय लगिएको छ ।

अदालतको फैसला लगत्तै पाकिस्तान पिपुल्स पार्टी (पिपीपी)ले परामर्श बैठक डाकेर आगामी कानुनी विकल्पबारे छलफल गरेको छ । जरदारीसमक्ष इस्लामावाद उच्च अदालतको निर्णयलाई चुनौती दिने विकल्प रहेको छ । पीपीपीका सहप्रमुख जरदारी पक्राउ परेपछि उहाँका छोरा बिलावल भुट्ठोले आफ्ना कार्यकर्ताहरुलाई शान्त रहन अपील गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू