अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४८ | Colorodo: 08:03

विश्वकप महिला फुटबलमा ब्राजिल, ईटाली र इङ्ल्यान्डको विजयी सुरुवात

बिआरटीनेपाल २०७६ जेठ २७ गते ९:२३ मा प्रकाशित

फ्रान्समा जारी विश्वकप महिला फुटबलमा ब्राजिल, ईटाली र इङ्ल्यान्डले विजयी सुरुवात गरेका छन् । गएराति भएका समूह ‘सी’ का खेलमा ब्राजिलले जमैकालाई ३–० ले हराउँदा ईटालीले अस्ट्रेलियामाथि २–१ को जित निकाल्यो ।

समुह ‘डी’ को खेलमा इङ्ल्यान्डले स्कटल्याण्डलाई २–१ ले हरायो । महिला विश्वकप फुटबलको यो आठौं संस्करण हो । फ्रान्सका विभिन्न ९ शहरमा आयोजना भइरहेको प्रतियोगितामा २४ टोली सहभागी छन् ।

यी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । समुह चरणबाट १६ वटा टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू