अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

प्रदेश १ सरकारले डेंगुका बिरामीको निःशुल्क उपचार गरिदिने

बिआरटीनेपाल २०७६ जेठ २७ गते ९:२१ मा प्रकाशित

प्रदेश १ सरकारले डेंगुका बिरामीको निःशुल्क उपचार गरिदिने भएको छ । प्रदेशसभा बैठकमा सोमबार नीति तथा कार्यक्रममाथि संसद्हरुको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शेरधन राईले धरानका डेंगु पीडितको निशुल्क उपचारका लागि सरकारले ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले बिरामीको तत्काल उपचारका लागि ५० लाख र प्रकोप नियन्त्रणका लागि छुट्टै ३० लाख रुपैयाँ बजेट छुट्याई सकेको बताउनुभएको छ । राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई वटा भेन्टिलेटरसमेत हस्तान्तरण गरिने बताउनुभयो ।

प्रदेश सरकार धरानमा फैलिएको डेंगुरोगको प्रकोपबारे जानकार र गम्भीर रहेको बताउँदै राईले यसको नियन्त्रण आवश्यक रहेकोमा जोड दिनुभयो । धरानका विभिन्न वडामा डेंगु रोगको प्रकोप फैलिएपछि पूर्वाञ्चल क्याम्पसको पठनपाठन बन्द गरिएको छ । मानिसहरु रोगका कारण त्रसित बनेपछि उपमहानगरले समेत सचेतना र प्रकोप नियन्त्रणका लागि काम सुरू गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू