अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 03:06

सबै नेपालीको साथमा देशको विकास गरिने प्रधानमन्त्री ओलीको भनाइ

बिआरटीनेपाल २०७६ जेठ २७ गते ९:१४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तराष्ट्रिय संगठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले विगतमा ठूलो संघर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्नुभयो ।

लामो बलिदानपूर्ण संघर्षपछि जनताले सरकारलाइ ठूलो विश्वास गरेको भन्दै प्रधानमन्त्रीले सुशासन र तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । देशलाई सुशासन र आर्थिक गतिका साथ अगाडि बढाउन देशभित्र र बाहिर रहेका सबैको साथ, सहयोग र विश्वास आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू