अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

काँग्रेसको बिरोधपछि राष्ट्रियसभामा गृहमन्त्रीको जवाफ

बिआरटीनेपाल २०७६ जेठ २७ गते ९:११ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले गुठी बिधेयको बिरोधमा आन्दोलन गर्नेहरुले कानुन विपरित सार्वजनिक बाटो अबरोध गर्न थालेकाले उनीहरुलाइ बाध्य भएर सामान्य बल प्रयोग गरि हटाउनुपरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रर्दशनकारीले बाटोमा नै सुतेर कानुन बिपरित सार्वजनिक सडक अबरोध गरेको तथा प्रहरी र सार्वजनिक सम्पतिमाथी नै इट्टा र ढुङ्गा प्रहार गरेकाले भौतिक तथा मानविय क्षति हुन नदिन प्रहरीले कानुन बमोजिम बल प्रयोगको सिद्धान्त प्रयोग गरेको जवाफ दिनुभयो ।

पानीको फोहारा प्रयोग गर्दा पनि भिड तितर, वितर नभएपछि ४ जनालाइ प्रक्राउ गरिएको र यस क्रममा केही प्रर्दशनकारी घाइते भएको पनि गृहमन्त्री थापाले स्वीकार गर्नुभयो । शान्ती सुरक्षाको स्थिति नियन्त्रणमा राख्नको लागि प्रचलित कानुन अनुसार नै यो घटना भएको पनि गृहमन्त्री थापाले बताउनुभयो । प्रर्दशनकारी र प्रहरी जसबाट भएपनि कानुन विपरित अभद्र व्यवहार भए दण्डनिय हुने भन्दै उहाँले कानुनविपरित बल प्रयोग भए नभएबारे थप छानबिन गरि आवश्यक कानुनी कारबाही गरिने जानकारी गराउनुभयो ।

घटनामा प्रहरी र प्रर्दशनकारी घाइते भएको प्रति दुःख व्यक्त गर्नुभयो । राष्ट्रियसभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले बैठक सुरु भएलगत्तै उठेर विरोध गरेका थिए । काँग्रेस सांसद बद्रीप्रसाद पाण्डेले हिजो भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गर्दा सञ्जीव बज्राचार्य, महेश्वर रञ्जितकारलगायत धेरै जना घाइते भएको भन्दै भत्सर्ना गरे । विधेयक संविधान विपरीत भएको भन्दै सच्याउनसमेत माग गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू