अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४० | Colorodo: 01:55

युरोकप फुटबलको छनोट खेलमा टर्कीले फ्रान्सलाई हरायो

बिआरटीनेपाल २०७६ जेठ २६ गते ९:२६ मा प्रकाशित

युरोकप फुटबलको छनोट खेलमा टर्कीले फ्रान्सलाई हराएको छ ।टर्कीको कोन्या शहरमा गएराति भएको खेलमा घरेलु टोलीले विश्व विजेता फ्रान्सलाई २–० ले पाखा लगायो । फ्रान्सविरुद्धको कठिन खेलमा टर्कीलाई विजयी गराउन कान ऐहान र सेन्गिज अन्डरले एक एक गोल गरे ।जितपछि टर्कीले समूह एच मा तीन खेलबाट ९ अंक जोड्दा फ्रान्सको ६ अंक भएको छ ।

युरोकप छनोटकै अर्को खेलमा जर्मनीले बेलारुसलाई २–० ले हराएको छ ।बेलारुसलाई उसैको मैदानमा पराजित गर्न जर्मनीका लेरोए साने र मार्को रिउसले एक एक गोल गरे ।युरोकप छनोटकै अर्को खेलमा क्रोएसियाले वेल्सलाई २–१ ले हराउँदा बेल्जियमले काजखस्तानलाई ३–० ले पराजित गर्यो ।यसैगरी रुसले सान मारिनोलाई ९–० ले पाखा लगाउँदा ईटालीले ग्रिसमाथि ३–० को जित निकाल्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू