अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५७ | Colorodo: 01:12

शेयर बजारलाई उत्तेजित र निरुत्साहित गर्नेप्रवृत्ति हटाउन अर्थमन्त्रीको आग्रह

बिआरटीनेपाल २०७६ जेठ २५ गते १०:१५ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहीत गर्न धितोपत्र बोर्डलाई निर्देशन दिनुभएको छ । शनिबार ललितपुरमा आयोजित नेपाल धितोपत्र बोर्डको २७ औँ वार्षिकोत्सवमा अर्थमन्त्री खतिवडाले शेयरबजारलाई नै प्रभावित पार्ने गरि हुने क्रियाकलापको नियमनमा चनाखो बन्न बोर्डलाई निर्देशन दिनुभयो ।

मुलुकको अर्थतन्त्र उदयीमान रहेको भन्दै उहाँले बैकिङ प्रणाली लगायतका धेरै कम्पनी नाफामा रहेको र त्यसको प्रतिबिम्ब नै शेयर बजार देखिने भएकाले शेयर बजारलाई उत्तेजित र गिराउने प्रवृति रोक्नका लागि बोर्ड सधै चनाखो हुनुपर्ने बताउनुभयो । मन्त्री खतिवडाले रेमिट्यान्सबाट आएको पैसालाई शेयर बजारमा लगाउनका लागि बैक र बोर्ड आपसमा मिलेर योजना बनाउन पनि आग्रह समेत गर्नुभएको छ ।

बैंकमा खाता नभई रोजगारीमा नपठाउने तथा तलबभत्ताको निश्चित रकम बैकिङ प्रणालीबाटै पठाउनुपर्ने र त्यसरी पठाएको रकमबाट शेयरमा सहभागी हुन चाहेमा स्वतः हुने व्यवस्था मिलाउन सके रेमिट्यान्सको केही हिस्सा शेयर बजारमा लगाउन सकिने मनत्री खतिवडाको तर्क थियो ।

लगानीकर्ताहरुको हित संरक्षण गर्ने, पूँजी बजारको विकास र नियमन गर्ने मुख्य उद्देश्यले सरकारले नियामक निकायको रुपमा नेपाल धितोपत्र बोर्डको स्थापना गरेको हो । तर पूँजी बजारको विकास र नियमनमा बोर्डको भूमिका प्रभावकारी बन्न नसकेको गुनासो रहदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू