अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 08:01

फेसबुकले ‘क्रिप्टोकरेन्सी’ संचालनमा ल्याउने

बिआरटीनेपाल २०७६ जेठ २५ गते १०:०७ मा प्रकाशित

विश्वभर सामाजिक सञ्जालमा एकछत्र राज गरिरहेको फेसबुकले चाँडै नै विद्युतीय कारोबारको लागि ‘क्रिप्टोकरेन्सी’ प्रचलनमा ल्याउने भएको छ । तत्काल उक्त विद्युतीय मुद्रालाई लिब्रा नाम राखिए र आउँदो जुन १८ तारिक (असार ३ गते) सार्वजनकि गर्ने टेकक्रन्चले जनाएको छ।

फेसबुकका अनुसार उक्त ‘क्रिप्टोकरेन्सी’लाई सेतो कागजमा आधारभूत व्याख्या र विष्लेषणसहित बहुराष्ट्रिय कम्पनीहरु समक्ष प्रोजेक्टको रुपमा प्रस्तुत गरिनेछ। क्रिप्टोकरेन्सीलाई विश्वबजारमा खुद्रामा परिणत गरेर डलर जस्तै बनाउन र मुद्राको मूल्यको रुपमा फैलाउन ऋणको रुपमा मद्दत गर्ने अपेक्षा गरिएको छ ।

फेसबुकले ल्याउने यो पैसा शुन्य लागतमा पारदर्शिताका हिसाबले म्यासेन्जर र ह्वाट्स एप्समार्फत कार्यान्वयन हुनेछ। फेसबुकले यसको लागि थुप्रै मर्चेन्टसँग सहकार्यमा पेमेन्ट र साइन अप बोनसबारे काम गरिरहेको छ।
फेसबुकले एउटा स्वतन्त्र फाउन्डेशन बनाउनको लागि र क्रिप्टोकरेन्सीलाई निरीक्षण गर्नको लागि सरकारी निकायसँग पनि सहकार्य गर्ने भएको छ। विभिन्न कम्पनीहरुले रकमलाई चुस्त र दुरुस्त रुपमा उपयोग गर्न सरकारी निकायको मद्दत चाहिने भएकाले सँगै सहकार्यका लागि १० बिलियन डलर छुट्याएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू