अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३८ | Colorodo: 06:53

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिसलाई

बिआरटीनेपाल २०७६ जेठ २५ गते ९:५४ मा प्रकाशित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ४ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

त्रिवि त्रिकेट मैदानमा आर्मीले दिएको १ सय २६ रनको लक्ष्य पुलिसले ४० दशमलब ३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

अघिल्लो सिजन आर्मीलाई पराजित गर्दै एपीएफले उपाधि उचालेको थियो । उपाधिसंगै पुलिसले २० लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता आर्मीले १० लाख रुपैयाँमा चित्त बुझायो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू